नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छ : मुख्यमन्त्री आचार्य

नेपालखोज २०८२ असोज ३ गते १५:४२

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा प्रदेश सरकाले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाइने बताए ।

मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै सबैको साझा लक्ष्य हुनुपर्ने यही लक्ष्यले मुलुकलाई निकास दिने विश्वस्त व्यक्त गरे । उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।

प्रतिक्रिया