राष्ट्रिय एकता नै स्थायित्वको आधार : नेता सिटौला
नेपालखोज
२०८२ असोज ३ गते १६:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उहाँले संविधानविपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पारे ।
कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पारे । उनले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भने, ‘जेनजी आन्दोलन परिकल्पनाभन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरूरी छ ।’
केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका नयाँ मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्बन्धित

प्रतिक्रिया