राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा
नेपालखोज
२०८२ असोज ६ गते ६:०१

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो ।
सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया