तीन सचिवको सरूवा, रामेश्वर दंगाल ल्याइयो गृहसचिवमा

नेपालखोज २०८२ असोज ७ गते १४:४४

काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले तीनजना सचिवको सरुवा गरेको हो ।

गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।

उता रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवमा ल्याइएको छ । योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले रक्षा मन्त्रालयमा सचिव बनाइएको छ ।

प्रतिक्रिया