रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
नेपालखोज
२०८२ असोज १० गते १०:०७

काठमाडाैं । धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब सात बजेतिर धनगढी उपमहानगरपालिका-७ जेपी चौकमा सुदूरपश्चिम प्रदेश ०१-००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किएकाे थियाे ।
मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका१२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह घाइते भएका थिए ।
घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा राति मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया