अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट सुरू

नेपालखोज २०८२ असोज १० गते ११:१६

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल स्वीकृतिबाट मात्र हुने बताएका छन् ।

अर्थमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य सुरू गरेको जानकारी दिएका हुन् । मन्त्री खनालले भनेका छन्, ‘आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू ।’

उनले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराए ।

प्रतिक्रिया