राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री
नेपालखोज
२०८२ असोज ११ गते ९:२३

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय अब अनुसन्धानका प्रक्रियामा जाने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको शुक्रबार निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने स्पष्ट पारे ।
सुशासनको अभियानलाई तीव्र बनाउन आफूले ब्यूरोलाई निर्देशन दिएको जानकारी दिँदै गृहमन्त्रीले अनुसन्धान गर्ने निकायले व्यावसायिकता प्रदर्शन गरेर कामलाई अघि बढाउनुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया