भियतनाममा टाइफुन बुलोईका कारण डुङ्गा डुब्दा तीन जना माझीहरू बेपत्ता, आठको उद्धार

हनोई(भियतनाम) । भियतनाममा टाइफुन बुआलोईका कारण आएको आँधीबेहरी र तीव्र छालका कारण क्वाङ ट्रि प्रान्त (मध्य भियतनाम) को कुआ भियेटको तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन जना माझी बेपत्ता हुनुका साथै अन्य आठको उद्धार गरिएको जनाइएको छ ।
चार जना माझीहरुलाई बोकेको डुङ्गा आँधीका कारण डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् । तीमध्ये एकजना तैरेर किनारमा पुग्न सफल भएको तथा अन्य तीनजना समुद्रमा हराएको उनीहरुले जनाएका छन् ।
भियतनामको नेसनल सेन्टर फर हाइड्रो–मेटियोरोलोजिकल फोरकास्टिङका अनुसार टाइफुन बुलोईले आइतबार क्वाङ ट्रि र दा नाङको बिचको समुद्रमा अवतरण गरेको छ । जसको कारण प्रति घण्टा ११८–१३३ किलोमिटरको गतीमा हावा र सात मिटर भन्दा बढी उचाइमा छालहरू आएका थिए ।
कोन को र लि सोन जस्ता टापुहरू सहित थान होआदेखि क्वाङ न्गाईसम्मको तटीय पानीले स्तर ६–९ सम्मको बढ्दो तीव्र हावाको सामना गर्ने अपेक्षा गरिएको छ भने अत्यन्त खतरनाक समुद्री अवस्थाको बीचमा सात मिटर सम्म पुग्ने छालहरू आउने जनाइएको छ








प्रतिक्रिया