अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल १० विकेटले पराजित
नेपालखोज
२०८२ असोज १५ गते ६:०६

काठमाडौं । युनिटी कप टी–२० क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो । जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाएर लक्ष्य भेटायो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए ।
हिजाेको खेलमा पराजित भए पनि वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो । दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।
सम्बन्धित

प्रतिक्रिया