सोमबार, पुष ७, २०८२

द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाल पराजित

नेपालखोज २०८२ असोज १६ गते १६:२४

काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभलमा भएको रोमाञ्चक खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो । जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि पूजा महतोले ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु वर्माले १२ रन बनाइन् । अन्तिम ओभरसम्म खेल प्रतिस्पर्धात्मक बने पनि नेपाल लक्ष्य भेटाउन सकेन ।

प्रतिक्रिया