मंगलबार, पुष ८, २०८२

अफगानिस्तानमा स्थानीय अर्थतन्त्रलाई बढावा दिन कृषि, पशुपालन, हस्तशिल्प मेलाको आयोजना

नेपालखोज २०८२ असोज १७ गते ७:३४

काबुल । अफगानिस्तानको राजधानी काबुलमा कृषि, पशुधन र हस्तशिल्प उत्पादनहरू प्रदर्शन गर्ने चार दिने प्रदर्शनी सुरु गरिएकोे कृषि, तथा सिँचाइ मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मेलाको उद्देश्य स्थानीय उत्पादन प्रवद्र्धन र बजारका अवसरहरू विस्तार गर्नु रहेको मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ । मेलामा २६३ वटा बुथहरू रहेकोमा ५६ वटा महिलाहरूका लागि छुटाइएको छ, जहाँ किसानहरू, पशुपालकहरू र स्थानीय व्यवसायीहरूले यी महत्त्वपूर्ण क्षेत्रहरूको विकासमा सहयोग पुर्याउन आफ्ना सामानहरू प्रदर्शन गर्ने छन् ।

कृषि तथा सिँचाइ मन्त्री अताउल्ला ओमारीले मेलालाई अफगानिस्तानको कृषि र पशुधनको प्रगतिको प्रमाणको रूपमा वर्णन गर्दै अफगान सरकारको प्रयासले उत्पादन बढाएको र देशलाई खाद्यान्न आत्मनिर्भरताको नजिक पुगाएको कुरामा जोड दिनु भएको छ ।

सन् २०२१ अगस्टमा सत्ता सम्हालेपछि अफगान सरकारले आर्थिक चुनौतिहरूलाई सम्बोधन गर्न र आयातमा निर्भरता कम गर्न कृषि विकासलाई प्राथमिकता दिएको जनाइएको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया