नेपालबाट बाहिरिन थाल्यो मनसुन

नेपालखोज २०८२ असोज २० गते १५:००

काठमाडाैं । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन (वर्षायाम ल्याउने मौसम प्रणाली) क्रमशस् बाहिरिन सुरु गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असोज २०) दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।

यस वर्ष औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो । यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो । तर औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो ।

मनसुन देशभरिबाट एकैचोटि बाहिरिँदैन । यो पश्चिमबाट क्रमश: हट्दै हट्दै अन्त्यमा पूर्व कोसी प्रदेश हुँदै पूरै नेपालबाट बाहिरिन्छ । त्यसपछि मात्र मौसम महाशाखाले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ ।

प्रतिक्रिया