आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ

नेपालखोज २०८२ असोज २१ गते १५:१९

गण्डकी । गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ घर भई हाल पोखरा-७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अनुसन्धानका क्रममा निजले नेपाल राष्ट्र बैङ्कको पर्खाल छेउमा रहेको एनआइएमबी बैङ्कको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया