सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग
नेपालखोज
२०८२ असोज २२ गते १०:०८

सुनसरी । सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो ।
बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताए ।
इनरुवा-४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया