महेश बस्नेतसँग साइबर ब्युरोले गर्न थाल्याे सोधपुछ
नेपालखोज
२०८२ असोज २२ गते १०:५५

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोले ‘सोधपुछ’ गरेको छ ।
बुधबार बिहान भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेसँग सोधपुछ गर्न थालिएको हाे ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि आज बिहान ब्युरो पुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया