कुवेतविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा भर्खरै भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।
टि–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई खेल जित्दा कुवेतले एक खेल जितेको छ । आजको खेलमा नेपालका करण केसीलाई बेञ्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ ।
नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित पौडेलसहित
विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने छन् ।








प्रतिक्रिया