हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल
नेपालखोज
२०८२ असोज २३ गते १४:५२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’
सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताइन् ।
सम्बन्धित

प्रतिक्रिया