जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईजनाको अवस्था गम्भीर

नेपालखोज २०८२ असोज २३ गते २०:३६


सुर्खेत । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शारदा नगरपालिका–९, ज्वालापुरमा आज जीप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १२ जना घाइते भएका हुन् ।

लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप भागाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेर जाँदै थियो । उक्त जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।  

प्रतिक्रिया