एमालेको सचिवालय बैठक आज पनि बस्दै, पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने
नेपालखोज
२०८२ असोज २५ गते ६:५०

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्ने लागेकाे हाे । शुक्रबार बसेको पार्टी सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
आजको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने जनाएकाे छ । पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया