सामाखुसीमा राजावादीको जुलुस
नेपालखोज
२०८२ असोज २५ गते १५:२३

काठमाडौं । जिल्ला प्रशासनको आदेश अवज्ञा गर्दै आज राजावादीहरूले सामाखुसीमा जुलुस गरेका छन् ।
उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए ।
प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन् ।
एमालेको राष्ट्रिय युवा संघले जुलुस निकाल्ने भनेपछि हिजो शुक्रबार मात्र काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शान्ति सुरक्षाको स्थिति बनाइराख्न भन्दै अनुमति दिएको थिएन ।
सम्बन्धित

प्रतिक्रिया