सोमबार, पुष ७, २०८२

टी-२० विश्वकप छनोट : नेपाल र यूएई भिड्दै

नेपालखोज २०८२ असोज २६ गते १०:३४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएई भिड्दै छन् ।

समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । कुवेतलाई ५८ रनले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा जापानमाथि ५ विकेटको जित निकालेको हो ।

सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४:१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया