बालेन र सुधनविरुद्ध नेविसंघले दियो उजुरी

नेपालखोज २०८२ असोज २६ गते १५:०३

काठमाडाैं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।

उजुरीमा जेन-जीका नाममा विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने माग नेविसंघले गरेको छ ।

प्रतिक्रिया