चार लाखको अवैध पटाका बरामद

नेपालखोज २०८२ असोज २६ गते २१:५०

भद्रपुर (झापा) । भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट चार प्लास्टिकका बोरामा राखिएको उक्त पटाका बरामद गरेको हो ।

पटाका बोकेका व्यक्ति प्रहरीलाई देख्नेबित्तिकै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद गरिएको पटाका वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । -रासस

प्रतिक्रिया