तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
नेपालखोज
२०८२ असोज २८ गते १२:४०

काठमाडौं । गएराति काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका-८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सम्बन्धित

प्रतिक्रिया