‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्छ’
नेपालखोज
२०८२ असोज २८ गते १५:१०

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताएका हुन् । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलोपटक सार्वजनिक भएका छन् ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको बताए ।
उनले भने, ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन ।’
सम्बन्धित

प्रतिक्रिया