राजनीतिक दलसँग सिंहदरबारमा सभामुख घिमिरेले गरे छलफल सुरू
नेपालखोज
२०८२ असोज २९ गते १०:०३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गरेकाे छन् ।
बुधबार सभामुख घिमिरेले राजनीतिक दलका नेताहरूलाई सिंहदरबारमा छलफलका लागि बाेलाएका हुन् ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन् ।
सम्बन्धित

प्रतिक्रिया