बिहीबार, मंसिर २५, २०८२

कांग्रेसमा कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का : बिपीको शैली सम्झाउने शेरबहादुरको चयन

जय प्रकाश आनन्द २०८२ असोज २९ गते ११:३९

काठमाडाैं । बि.स. २०३७ को एक आम सभामा बिपी कोइरालाले भावी प्रधानमन्त्रीका बारेमा बोल्दै सबैलाई तरङ्गित पारे । उनले भने, ‘मुलुकमा अहिले प्रजातन्त्र छैन । नेपाली कांग्रेसको आन्दोलनबाट प्रजातन्त्र आउँदा हाम्रा साथी परशुनारायण चौधरी प्रधानमन्त्री बन्नु हुनेछ ।’ सभामा उपस्थित गणेशमान जी र किसुन जी थोरै पनि असहज देखिइनु भएन ।

भोली पल्ट बिहानै एक थरी कुपण्डेलमा किसुन जी बस्नु हुने घरमा पुगेर बिपीको त्यस भनाइका प्रति असन्तोष जनाए । भर्खरै गीताका एक अध्याय पढी ओरी बाहिरिनु भएका कि सुन जी ले बडो ध्यानपूर्वक उनीहरूका कुरा सुन्नु भयो र मन्द आवाजका साथ रेडियोबाट आई रहेको आवाजलाई कम गराउँदै तिनीहरू तर्फ उन्मुख भए । हाँस्दै भने, ‘तपाईँहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ ?’ सामाजिक सञ्जाल तथा कयौँ ‘स्कूपबाल’ दैनिकहरूको जमाना थिएन । कतिपयको मन मनै कुरा उठ्यो होला, तर यस कुराको कुनै अतिरञ्जित बहस देखिएन ।

बिपीले त्यसो बोल्नु भएको बखत प्रतिबन्धित नेपाली कांग्रेसमा परशु जी को त्यो हैसियत थियो वा थिएन, तेता न जाऊँ । जबकि, त्यसको २-३ वर्ष पहिले नै बिपीले अमेरिकाबाट नेपाल फर्किने क्रममा भारतको पटनामा आयोजित कांग्रेसको सम्मेलनमा आफू नेपाल पुगेपछि जेल पर्ने निश्चित छ, गणेशमान जी पनि जेल पर्नु होला । त्यस बेला साथीहरूले किसुन जीबाट निर्देशन पाई रहनु हुनेछ भन्नु हुँदै किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोके ।

यसको २-४ दिन पहिले नै सुवर्ण जीले कलकत्तामा बिपीलाई कांग्रेसको सभापतित्व फिर्ता गरेका थिए । बिपीहरू २०१७ सालमा जेल परेपछि २०१८ सालमा पटनामा भएको नेकाको सम्मेलनले सुवर्ण जीलाई बिपीको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी क्यान्सरले थलिनु भएका सुवर्ण जी ले त्यस दिन बिपीलाई फिर्ता गरेका थिए ।

किसुन जी २०१६ को संसदमा सभामुख थिए । पहिलो संसदीय चुनावमा बिपीले गिरिजा बाबुलाई मोरङबाट संसदका लागि पार्टीको टिकट दिए । आफ्नो साख्य भाइलाई टिकट दिएको अपगालका लागि बिपीले टिकट दिएनन् । किसुन जी र गिरिजा बाबु समान उमेर कै थिए । उमेरमा किसुन जी गिरिजा बाबुको भन्दा जम्मा जमी २ महिना ७ दिनको जेठो थिए, यसलाई जेठो पनि भन्न नसकिने । ०७ सालको क्रान्तिमा किसुन जी उदयपुर गढी कब्जा गर्ने नेता र गिरिजा बाबु विराटनगर । तर, बिपीले किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो, यसको एक साता न बित्दै गिरिजा बाबुलाई किसुन जीको मातहत पार्टीको महामन्त्री तोके ।

त्यो कांग्रेसको समय थियो। तेती खेर महामन्त्री भनेपछि गगन थापा र महामन्त्री गिरिजा एकै स्तरको हुनुन्थ्यो । न त कांग्रेसको कार्यवाहक सभापति सुवर्ण जी को स्तरमा पूर्णबहादुर खडका र उपसभापति धनराज गुरूंगको स्तर एउटै हुन्थ्यो । त्यो कांग्रेसको जमाना थियो, अहिले कांग्रेसमा रामराज्यको जमाना हो । तेती खेर किसुन जी भन्थे, ‘तपाईँहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ ?’ यतिखेर वर्षौँ पहिले रोल क्रमको निर्धारण गरिन्छ कांग्रेसमा ।

जे होस्, लेखनमा मेरा भावनाहरू बहकिनु भन्दा पहिले नै यति कुरा इमानदारिताका साथ भन्न चाहन्छ कि, पार्टीको सभापतित्व कार्यवाहक सभापति मेरा अनन्य मित्र पूर्णबहादुर खडकालाई सुम्पेर मलाई पनि बडो भावुक बनाउनु भयो। यो सहज काम होइन, बिपीको जमाना होइन । पूर्णबहादुरलाई किन ? अर्जुननरसिंह वा शेखर कोइरालालाई किन नाइँ ? यस्ता कुराहरू उठ्लान् तिनका कांग्रेसमा । यो तिनको कुरो हो, तर यति त सत्य हो कि आफ्ना विश्वासिलो र कुरा मान्ने मानिसको रूपमा कार्यवाहकको दायित्व पूर्णबहादुरमा गयो, यो किमार्थ खराब होइन । पदीय रूपमा अहिलेका अर्का उपसभापतिको मा र ‘ग्रुम गरिंदै लगिएकी’ आरजु जी को मा जाने रोलबाट कांग्रेस अलग हटेको छ ।

समकालीन अन्य पार्टीका अध्यक्ष वा सभापतिको तुलनामा शेरबहादुर जीले हिउँको ढिक्का फोड्नु भएकै हो । धन्यवाद शेरबहादुर दाइ, कुनै बेला तपाईको मन्त्री पनि थिए..धेरै कुराहरू यति खेर याद आई रहेको छ ।

प्रतिक्रिया