इन्डोनेसियामा तेल ट्याङ्करमा आगलागी हुँदा १० जनाको मृत्यु
नेपालखोज
२०८२ असोज २९ गते १६:५६

जकार्ता । इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्याङ्करमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ ।
पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्याङ्करमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ ।
बटुआजीका प्रहरी प्रमुख द्वी लाम्बाङले यस अघि जुन महिनामा एउटा जहाजमा आगलागीको घटना हुँदा चार जना कामदारको मृत्यु भएको बताएका छन् । अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।
सम्बन्धित








प्रतिक्रिया