सुनको मूल्य तोलामा साढे २ लाख नाघ्यो
नेपालखोज
२०८२ असोज ३० गते ११:१२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।
बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य समेत बढेको छ । बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।
सम्बन्धित

प्रतिक्रिया