जेनजी अभियन्ता ढुंगानाले दल घोषणा गर्ने

नेपालखोज २०८२ असोज ३१ गते १४:१७

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् ।

ढुंगानाले शुक्रबार सामाजिक सञ्जालमार्फत भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटेलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका हुन् । ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको बताए ।

जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरे ।

‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ’, भिडियोमार्फत उनले भनेका छन् ।

प्रतिक्रिया