बुधबार, पुष ९, २०८२

पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु

नेपालखोज २०८२ कार्तिक १ गते ८:५९

काठमाडाैं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा भएको पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ । एसीबीले आक्रमणको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेको छ ।

यसका साथै नोभेम्बर महिनामा पाकिस्तानसँग हुने त्रिकोणात्मक टी-२० शृङ्खलाबाट पनि फिर्ता लिने निर्णय गरेको छ । तीन खेलाडीको तस्वीर सेयर गर्दै एसीबीले भनेको छ, ‘शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई लक्षित गरिएको थियो ।’

अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यस आक्रमणमा तीन खेलाडीहरू – कबीर, सिब्घाटुल्लाह र हारुन बाहेक अन्य पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।

बोर्डले भन्यो, ‘खेलाडीहरूप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा, अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा पाकिस्तानसँग हुने आगामी त्रिकोणीय टी-२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।’

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । टी-२० शृङ्खला पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच खेलिने तय भएको थियो । खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा हुने तालिका थियो । बीबीसी

प्रतिक्रिया