इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

काठमाडौं । इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ । योसँगै सम्झौता अनुसार इजरायलद्वारा फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या १३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताअनुसार इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो ।
शुक्रबार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो ।
युद्धविराम सुरु भएयता हमासले नौ जना इजरायली र एक नेपाली विद्यार्थीको शव बुझाइसकेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फर्केका केही शवमा दुव्र्यवहार, कुटपिट, हथकडी र आँखामा पट्टी बाँधी यातना दिएको सङ्केत देखिएको छ ।
मन्त्रालयले युद्धविराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ।
इजरायली सेनाले यी दाबीहरू ‘हमासको गलत प्रचार’ भएको बताएको छ ।








प्रतिक्रिया