श्रीलङ्कामा जोखिमयुक्त पहाडी सडकमा ५० किलोमिटर सुरक्षात्मक बार जडान गरिने
नेपालखोज
२०८२ कार्तिक ३ गते १२:४९

काठमाडौं । हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीनवटा पहाडी प्रदेशका खतरनाक सडक छेउहरूमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ ।
सडक सुरक्षा तथा सवारी व्यवस्थापन विभागका उपमहानिर्देशक के. चन्द्रकुमारका अनुसार पहिलो चरणमा उवा, सबरगमुवा र केन्द्रीय प्रदेशमा काम सुरु हुनेछ ।
उनले जानकारी दिनुहुँदै भने, ‘पहिचान गरिएका उच्च जोखिमयुक्त स्थानहरूमा करिब ५० किलोमिटर लम्बाइको फलामको सुरक्षात्मक बार जडान गरिनेछ ।’
सम्बन्धित








प्रतिक्रिया