संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना साझा दायित्वः मुख्यमन्त्री पाण्डे

नेपालखोज २०८२ कार्तिक ३ गते १९:२५

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

शुभ दीपावलीको अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख छ ।

तिहार एवं शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको उनले शुभकामना व्यक्त गरेका छन् ।

पर्वका नाममा समाजमा विद्यमान कुरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अनुरोध समेत गर्ने उनले गरेका छन् । यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’को सङ्कल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछु, जारी सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया