गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव
नेपालखोज
२०८२ कार्तिक १० गते १२:४४

काठमाडाैं । ललितपुरको किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
खोटाङ घर भएकी मीना राईको उपचारको क्रममा अस्पतालमा शुक्रबार मृत्यु भएको थियो ।
सुत्केरी गराउन भर्ना भएकी राईको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आइतबारदेखि आफन्त र स्थानीयले धर्ना दिएका हुन् ।
आफन्तले दोषीलाई कारबाही र मृतकलाई न्याय माग गर्दै सोमबार पनि १० बजेदेखि नै प्रदर्शन गरिरहेका छन् । अस्पतालमा तोडफोड हुने देखिएपछि प्रहरी परिचालन गरिएको छ ।
अस्पतालले पीडित परिवारका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने धर्नामा सहभागी रोजन राईले बताए ।
सम्बन्धित

प्रतिक्रिया