थप १४४ जनामा डेंगु संक्रमण, संक्रमित ६ हजार नाघे
नेपालखोज
२०८२ कार्तिक १० गते १३:१७

काठमाडौं । पछिल्लो एक सातामा देशभर १४४ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
विगतका दिनहरूमा वर्षायाममा मात्रै देखिने डेंगुको संक्रमण कात्तिक महिनासम्म पनि घटेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार ६६८ पुगेको छ ।
ईडीसीडीको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ६४९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने त्यसपछि गण्डकीमा १ हजार ६३१, लुम्बिनीमा १ हजार ११७, कोशीमा ८९५, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेश प्रदेशमा १३९ जनामा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया