एमालेले बोलायो सचिवालय बैठक

नेपालखोज २०८२ कार्तिक ११ गते १०:३९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाइएको छ । बैठकले ११औँ राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।

पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७-२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन तयारीका बारेमा छलफल गर्नेछ ।

प्रतिक्रिया