उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुन: निर्माण सम्पन्न
नेपालखोज
२०८२ कार्तिक ११ गते १४:०९

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले यस परियोजनामा जडित उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको जानकारी दिए । उपत्यका प्रहरी प्रमुख कार्कीले सङ्घप्रति आभार व्यक्त गरे ।
सम्बन्धित

प्रतिक्रिया