खुमा अर्याल फाउण्डेसनले गर्याे मानव सेवा आश्रममा खाद्यान्न वितरण र नि:शुल्क स्वास्थ्य परीक्षण

नेपालखोज २०८२ कार्तिक १२ गते १३:५५

काठमाडाैं । खुमा अर्याल फाउण्डेसन, स्याङ्जाको आयोजना र रोट्रऱ्याक्ट क्लब अफ नक्साल शक्तिको समन्वयमा पोखराको हेमजास्थित मानव सेवा आश्रममा खाद्यान्न वितरण एवं नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ ।

फाउण्डेसनका संस्थापक परिवार ब्राइटर युनिभर्सिटी बेलायतबाट सिभिल इन्जिनियरिङमा वर्ष २०२३/२४ को ब्याच टपर समाजसेवी तथा युवाउद्यमी इ. हिमान्शु अर्यालको २३औं जन्मोत्सवको अवसरमा याे कार्यक्रम गरिएको हो ।

फाउण्डेसन अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खुमा अर्याल फाउण्डेसनका संस्थापक परिवार एवं रोटरी नक्साल शक्तिका संस्थापक अध्यक्ष डा. लुना शर्मा अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

याे अवसरमा प्रमुख अतिथि डा. अर्याल, लेखनाथ शर्मा, रोट्रक्ट सिजन अर्याल र इ. हिमान्शु अर्यालले बोलेका थिए । स्वागत मानवसेवा आश्रमकी संचालक सन्जु बैनीले र सञ्चालन सुचना अभियान केन्द्रकी अध्यक्ष तथा सल्लाहकार बन्दना लम्सालले गरेकी थिइन् ।

प्रतिक्रिया