बुधबार, पुष ९, २०८२

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई जबिथोल्न चीनको आग्रह

नेपालखोज २०८२ कार्तिक १३ गते २०:४३

काठमाडौं । ‘चीनले जी-७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित भेटघाटका क्रममा बिहीबार भने, ‘जी-७ राष्ट्रहरूले बजारमा चीनको प्रभुत्वको सामना गर्न महत्वपूर्ण खनिज उत्पादन गठबन्धनको घोषणा गर्ने रिपोर्टबारे प्रतिक्रिया दिँदै स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरे ।

प्रवक्ता गुओले भने, ‘चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत र सुधार गर्न कदम चालेको छ । यो अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छ र यसको उद्देश्य विश्व शान्ति र क्षेत्रीय स्थिरता कायम गर्नु र परमाणु अप्रसार र अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नु हो ।’

उनले भने, ‘हामी जी-७ लाई बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमको इमान्दारीपूर्वक पालना गर्न, समूहको स्वनिर्मित नियमले अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई बिगार्न बन्द गर्न र स्थिर विश्व अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्न आग्रह गर्दछौँ ।’

प्रतिक्रिया