मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्
नेपालखोज
२०८२ कार्तिक १४ गते १९:१०

गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।
न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उनले बताए । भिरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, उनको श्रीमान् र मचाहिँ सकुशल छौँ ।
त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । उनी पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया