पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

नेपालखोज २०८२ कार्तिक १४ गते २०:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका हुन् ।

विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुन्, फर्किनुस् आफ्नै घर फर्किनुस्, अध्यक्ष ओलीले लेखेका छन् ।

उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया