कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
नेपालखोज
२०८२ कार्तिक १५ गते १३:३३

दोधारा चाँदनी (कञ्चनपुर) । काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका-१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो । बसमा पाँच जना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित








प्रतिक्रिया