बुधबार, पुष ९, २०८२

एन्ड्रयुले अन्तिम सैन्य उपाधि गुमाउने : रक्षामन्त्री

नेपालखोज २०८२ कार्तिक १६ गते १९:३५

काठमाडौं । बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप-एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ।

अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि एन्ड्रयुलाई उनकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको उनको मानार्थ सैन्य उपाधि खोसिएको हो ।

एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतको बढ्दो आक्रोशको बीचमा राजा चाल्र्स तृतीयले बिहीबार आफ्नो कान्छो भाइको बाँकी सबै शाही उपाधि र सम्मान हटाएपछि पछिल्लो कदम चालिएको हो ।

‘एन्ड्रयुले सेनामा पाएको मानार्थ भाइस एडमिरल पद राजाको निर्देशनमा हामी अहिले हटाउने काम गरिरहेका छौँ,’ रक्षामन्त्री जोन हेलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

रक्षामन्त्री हेलीले लौरा कुएन्सबर्ग कार्यक्रममा एन्ड्रयुले आफ्नो सैन्य उपाधि गुमाउनु पर्छ कि पर्दैन भन्ने विषयमा पनि राजाले नै सरकारलाई निर्देशन दिएको बताए ।

सन् १९८२ को फकल्याण्ड युद्धमा रोयल नेवी हेलिकप्टर पायलटको रूपमा उनको भूमिकाको लागि एन्ड्रयुलाई उप-एडमिरल उपाधिबाट सम्मानित गरिएको थियो । उनी २२ वर्षको सेवापछि सन् २००१ मा सेवानिवृत्त भएका थिए ।

प्रतिक्रिया