बुधबार, पुष ९, २०८२

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया निर्वाचनमा प्रतिस्पर्धा गर्ने

नेपालखोज २०८२ कार्तिक १७ गते २०:२२

काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छन् ।

दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ ।

उनको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेका हुन् भने उनले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ ।

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनकी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ ।

तीन पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् ।

उनका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आएका छन् ।

हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उनलाई उहाँको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया