बुधबार, पुष ९, २०८२

‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो

नेपालखोज २०८२ कार्तिक १८ गते २१:४४

काठमाडौं । उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ । दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट महत्वपूर्ण सहयोग पाएको दक्षिण कोरियाली श्रोतले बताएको छ ।

दक्षिण कोरियाली सांसद ली सियोङ-क्वेनले भने, ‘करिब पाँच हजार उत्तर कोरियाली सैनिक सेप्टेम्बरदेखि चरणबद्ध रूपमा रुस जाँदैछन् र उनीहरूलाई पूर्वाधार पुनर्निर्माणका लागि परिचालन गरिने अपेक्षा गरिएको छ ।’

उनले थपे, ‘थप सेना तैनाथीको तयारीका लागि प्रशिक्षण र कर्मचारी चयनको निरन्तर सङ्केतहरू फेला परेका छन् ।’

दषिण कोरियाली गुप्तचर निकायले सांसदहरूलाई भनेको छ, ‘हाल रूस-युक्रेन सीमा नजिक लगभग १० हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको अनुमान गरिएको छ ।

युक्रेन युद्धमा कम्तीमा ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र हजारौं घाइते भएका दक्षिण कोरियाको दावी रहेको छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले सेना पठाउने बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा क्षेत्रमा आपूर्ति प्राप्त गरिरहेको छ ।

यसले उत्तर कोरियालाई आफ्नो परमाणु र मिसाइल कार्यक्रमहरूमा लगाइएको कडा अन्तर्राष्ट्रिय प्रतिबन्धका बीच आर्थिकरूपमा पनि राहत मिलेको छ ।

प्रतिक्रिया