जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा

रियो डी जेनेरियो । ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेताहरू एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य तिर्नेहरू गरिब र सीमान्त समुदायहरू हुने प्रष्ट हुँदै गएको छ । रियोको उत्तरी भागमा अवस्थित अरारा बस्तीका लुइस क्यासियानो अहिलेका तात्तिएका गर्मीका दिनहरूमा चिन्तित छन् ।
उनी ३० वर्षदेखि त्यहीँ बस्दै आएको छ । उनले भने, आजको घाम साँच्चै डरलाग्दो छ । उनले आफ्नै घरमा हरियो छत बनाएका कारण केही राहत त पाउनुहुन्छ, जसले तापक्रम १५ डिग्री सेल्सियससम्म कम गर्छ, तर बारम्बारको विद्युत् अवरोधले वातानुकूलनको भर गर्न सकिँदैन । विश्वका नेताहरू जलवायु वार्ताका लागि ब्राजिल आउँदै गर्दा क्यासियानो जस्ता करोडौँ मानिसहरू असहज तापक्रम र आँधीबेहरीको जोखिममा छन् । चरम मौसमका घटनाहरूले गरिबीमा परेकाहरूलाई अझ नोक्सान पुर्याइरहेका छन्, किनभने उनीहरूलाई सामना गर्न न त स्रोत, न त प्रविधि केही पनि छैन ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वमा करिब एक अर्ब १० करोड मानिस चरम गरिबीमा बसिरहेका छन् । यसै कारण धेरैले तुलनात्मक रूपमा गरिब सहर बेलेममा यो सम्मेलन आयोजना गर्नु सराहनीय ठानेका छन् । युएन वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इन्गर एन्डरसनका अनुसार बेलेमजस्ता ठाउँमा सम्मेलन हुनु उपयुक्त छ, किनकि यहाँ गरिबी र जलवायु सङ्कट प्रत्यक्ष देखिन्छ । गरिबी र जलवायु सङ्कटको टक्कर केवल विकासशील मुलुकमै सीमित छैन ।
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले धनी देशका गरिबहरू पनि चरम गर्मी, बाढी, खडेरी वा प्रदूषण जस्ता कम्तीमा चार खतरामध्ये एकको प्रभावमा छन् भन्ने देखाउँछ । विश्व स्रोत संस्थानका वरिष्ठ फेलो कार्टर ब्रान्डन भने, गरिब मानिसहरूसँग जोखिमयुक्त ठाउँहरू छोड्ने वा प्रकोपपछि पुनर्निर्माण गर्ने क्षमता हुँदैन । त्यसैले जलवायु सङ्कटले उनीहरूको जीविकोपार्जन मात्र होइन, जीवन नै सङ्कटमा पार्छ । अफ्रिकामा झन्डै ५० करोड मानिस गरिबीमा छन् र तीमध्ये धेरै खेतीमा निर्भर छन् ।
अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका सल्लाहकार समूहकी कार्यकारी निर्देशक इस्माहाने एलोआफीका अनुसार प्राविधिक समाधानले केही राहत दिन सक्छ, तर त्यसको पहुँच अधिकांश किसानमा छैन । ब्राजिल सरकारले बेलेममा सम्मेलन आयोजना गरेर विश्वलाई अमेजन क्षेत्रका वास्तविक चुनौतीहरू देखाउने प्रयास गरेको छ ।
अक्सफामकी जलवायु नीति प्रमुख नाफकोट डाबी भने, वार्ताकारहरूले कठिन परिस्थितिमा बस्नुपर्ने गुनासो गरेका छन्, तर यही त संसारका अधिकांश मानिसहरूको वास्तविकता हो । तर सबैले यस सम्मेलनबाट ठोस परिणाम आउनेमा विश्वास राखेका छैनन् । ड्युक विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली मेरियन सुसीया भने, द्रुत कारबाहीको आवश्यकता छ भन्ने कुरा सबैले स्वीकार्छन्, तर त्यो कोपबाट सम्भव देखिँदैन ।








प्रतिक्रिया