नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल
नेपालखोज
२०८२ कार्तिक १९ गते १९:१५

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेनजीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले संविधान गतिशील दस्तावेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए ।
उनले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया