बुधबार, पुष ९, २०८२

फ्रान्समा कारले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १० जना घाइते

नेपालखोज २०८२ कार्तिक १९ गते २१:३६

काठमाडौं । फ्रान्सको एट्लान्टिक टापु ओलेरोनमा बुधबार एक ३५ वर्षीय व्यक्तिले आफ्नो कारले पैदल यात्री र साइकल चालकहरूलाई जानाजानी ठक्कर दिँदा कम्तीमा १० जना घाइते भएका छन् ।

‘ओलेरोनका बासिन्दाले पश्चिमी शहर ला रोशेलको सुन्दर टापुको मुख्य सडकमा ‘जानाजानी’ धेरै पैदल यात्री र साइकल चालकलाई ठक्कर दिएका थिए,’ अभियोजक अर्नाउड लारेजले भने ।

प्रहरीले आक्रमणकारी कार चालकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकेको छ ।

आक्रमणकारीले कार हमलासँगै अरबी भाषामा ‘भगवान सबैभन्दा महान हुनुहुन्छ’ भन्दै चिच्याएका लारेजले बताए । उनले भने, ‘यस्ता अभिव्यक्ति प्रायः इस्लामवादी चरमपन्थीहरूले प्रयोग गर्छन् ।’

‘प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ र ‘हत्याको प्रयास’ को आरोपमा अनुसन्धान गरिरहेको छ, तर ती व्यक्तिको आक्रमणको उद्देश्य तत्काल स्पष्ट भएको छैन,’ लारेजले भने ।

यस मुद्दालाई अनुसन्धान गरिरहेको एक स्रोतले भन्यो, ‘ती व्यक्तिले धेरै किलोमिटरसम्म पैदल र साइकल यात्रीलाई ‘जानाजानी’ ठक्कर दिएको देखिएको छ ।’

अभियोजनकर्ताले भनेका छन्, ‘डोलुस डी ओलेरोन र सेन्ट-पियरे डी ओलेरोन शहरहरू जोड्ने सडकमा उक्त घटना भएको थियो ।’ डोलुस डी ओलेरोनका मेयरले आक्रमणकारी ‘संदिग्ध बासिन्दा’ भएको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया