कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक : आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

नेपालखोज २०८२ कार्तिक २२ गते १४:५६

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको हाे ।

आजको बसेको आकस्मिक बैठकले आलमप्रति उच्च सम्मान गर्दै शोक कार्यक्रमहरुको समेत निर्धारण गरेको छ । कात्र्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कात्र्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया